३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ११:००


काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले दलित र सिमान्तकृत परिवारको लागि निःशुल्क स्वास्थ्य बीमाको काम सुरु गरेको छ । गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याएको दलित परिवारको बीमालाई गाउँपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय ८ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको थियो । यस वर्ष पनि निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाको लागि प्रति परिवार ३ हजार ५ सय रुपैँया खर्च लाग्दछ । बीमा गरेका परिवारका सदस्यहरुले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने छन् । एक परिवारका पाँच जना सदस्यले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार पाउँछन् ।

गाउँपालिकाका पाँचवटै वडाका दलित घर परिवारको स्वास्थ्य बीमा हुने लामाले बताउनुभयो । उनीहरुको घरमै गएर स्वास्थ्य बीमा गरिने लामाको भनाइ छ ।

गाउँपालिकाले यस वर्षबाट सीमान्तकृत माझी र पहरी परिवारका सदस्यको समेत स्वास्थ्य बीमा गरिदिने नीति लिएको छ । सो गाउँपालिकामा सिमान्तकृत पहरी र माझी समुदायको बसोबास रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !