३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वायु प्रदूषण पछि यस्तो देखियो उपत्यका (तस्बिर)

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०७:३३


काठमाडौँ — मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदुषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको उहान, पाँचौमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !