३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर चिसो बढ्यो, मौसममा दिनहू परिवर्तन

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०७:५६


काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभर चिसाे बढेकाे छ ।

न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर चिसो बढेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । काठमाडाैं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाकाे अनुमान छ ।

बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियाे ।

अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली रहेकाे मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयाे । अन्य ठाउँमा भने माैस सफा रहेको उहाँले बताउनुभयाे । अहिले प्रदेश १, लुम्बिनी प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।

अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना रहेकाे उहाँले बताउनुभयाे । अन्य ठाउँको मौसम सफा रहने कँडेलले बताउनुभयाे ।

उहाँका अनुसार आज राति पनि देशको पहाडी भेगमा आंशिक बद्ली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने छ । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी र हिउँ हुने सम्भावना भने नरहेकाे माैसमविद् कँडेलले जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !