२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषिमा विदेशी लगानी रोकौँ : डेरी एशोसियशन नेपाल

प्रकाशित मिति :  3 February, 2021 6:05 am


रामेछाप । कृषिमा विदेशी लगानी रोक्न नेपाल डेरी एशोसियशनले माग गरेको छ । विदेशी लगानीले स्वदेशी कृषक विस्थापित हुने उसको निष्कर्ष छ ।

एशोसिएशनले रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो । २०७५ सालमा पनि कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय गरेकोमा सो निर्णय खारेज भएको एशोसियशनले स्मरण गराएको छ ।

कृषिमा विदेशी लगानी ल्याउँदा अहिले भइरहेको ग्रामीण रोजगारीमा त्यसको प्रत्यक्ष असर पर्ने तथा हाल कृषि पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको प्रत्यक्ष लाभ विदेशी लगानीकर्ताको हातमा पुग्ने नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो ।

एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय फिर्ता लिन माग गर्नुभयो।

नेपाल डेरी एशोसिएशन वाग्मती प्रदेशका सदस्य भानु श्रेष्ठले नेपाल डेरी एशोसियशनले उठाएका विषय किसानको माग भएकाले यसमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

एशोसियशनका अनुसार अहिले देशभर दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । त्यस मध्ये ३२ लाख लिटर दुध बजारमा जाने गर्दछ ।

दुध बिक्रीबाट मात्रै दैनिक ६ करोड रुपैँया किसानको हातामा पुग्दछ । यसबाट नेपालका ६ लाख कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !