३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लागुऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिति :  ५ फाल्गुन २०७७, बुधबार ०५:३१


काठमाडौँ । ६ केजी १ सय ग्राम लागु औषध सहित एकजना दुईखोलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा थवाङ घर भएका ३८ बर्षका प्रकाश घर्ती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घर्तीलाई दाङ घोराही उपमहानगरपालिका १९ स्थित दुईखोलीबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी, बाँकेमा ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ५ का २१ बर्षका बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका ३ की २७ बर्षीया सृजना थापा रहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !