३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सवारी दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति :  ५ फाल्गुन २०७७, बुधबार ०५:४६


बारा । बाराको जितपुरसिमरा १ मा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।
मृत्यु हुनेमा दुर्गा भगवती नगरपालिका ९ का २६ बर्षीय रोशन झा रहेका छन् । यसैगरी सोही ठाउँका २६ वर्षीय चन्दन झा घाईते भएको प्रहरीले जनाएको छ ।
बा ६७ प ९६०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ना ४ ख ८४८१ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको होे ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो । रोशन झाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो । चन्दन झाको भने सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !