पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ११:१९
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ मंगलबार बढेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो ।
डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैँयाले बढाइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४ रुपैँया कायम भएको छ । डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ ६७ रुपैँया कायम भएको निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा तेलको भाउ बढेपछि नेपालमा पनि भाउ बढाइएको हो ।
-रासस
0
Shares