२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा रबर खेतीका पितालाई सम्मान

प्रकाशित मिति :  ७ फाल्गुन २०७७, शुक्रबार १०:४०


झापा ।  गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालका तिलकबहादुर भण्डारीलाई  सम्मान गरेको छ । उहाँलाई विहीबार झापामा सम्मान  गरिएकाे हाे । उहाँ रबर खेतीको पहिलो अनुसन्धान दाता  हाे । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकाल्नुभएको थियो । त्यहीँ आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो ।हाल झापा, मोरङ र सुनसरी जिल्लामा रबर खेती गरिएको छ । झापामा रबर खेती शुरु गर्दा अनुसन्धानदाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक सीप सिकाउनुभएको थियो ।

फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ । फाउन्डेसनका अध्यक्ष कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गर्नुभएको बताउनुभयो ।

स्थानीय किसानलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !