बिजुली पुग्याे पाचोक गाउँमा
प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ०७:५९
दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारका भरमा जीवनयापन गर्दै आएका सो वडामा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकका घरमा बिजुली पु¥याइने जानकारी दिनुभयो ।
उहाँले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने बताउनुभयो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित छन् ।
-रासस
0
Shares