आज प्रम ओलीले नेपालकै ठूलाे औद्याेगिक पार्ककाे शिलान्यास गर्ने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’को शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नुभएकाे हाे ।
झापाकाे दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुन लागेकाे साे पार्ककाे बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुहुने कार्यक्रम छ ।
रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमुना हुने बताइएकाे छ । साे पार्कले झापामा मात्रै नभएर देशमै औद्याेगिक क्रान्तिकाे सुरूआत गर्ने बताइएकाे छ ।
दमक-१०, कमल गाउँपालिका-७ र गौरादह-५ को संगमस्थलमा एक हजार तीन सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो ।
पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएकाे छ ।