२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री थापा र विप्लवबीच भेटवार्ता

प्रकाशित मिति :  २२ फाल्गुन २०७७, शनिबार ०८:५४


काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा र नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

गृहमन्त्री थापालाई भेट्न महासचिव विप्लव शनिबार मन्त्री निवास पुल्चाेक जानुभएकाे हाे । शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै विप्लव भेटवार्तामा व्यस्त हुन थाल्नु भएकाे छ ।

गृहमन्त्री थापा र विप्लवबीच सरकारसँगकाे सहमति कार्यान्वयनका विषयमा छलफल भएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ । सरकार र विप्लव समूहबीच बिहीबार तीनबुँदे सहमति भएकाे थियाे ।

साे सहमतिमा शुक्रबार हस्ताक्षर भएकाे थियाे । साे सहमति अनुसार थुनामा रहेका विप्लवका कार्यकर्ता रिहा गर्ने, मुद्दा फिर्ता लिने लगायत समसामयिक विषयमा छलफल भएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !