३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सवारीको ठक्करका कारण चितुवा मर्यो

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार ०५:१६


चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब तीन सय  मिटर पूर्वतर्फ चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !