२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्य चिन्ह औपचारिक रुपमै केपी ओलीलाई

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार १०:३६


काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाएको छ । सूर्य चिन्ह कसले पाउने भन्ने धुमधाम लडाई चलिरहेको थियो । यो लडाईंको निराकरण फरक ढंगले भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकीकरण भंग भएसँगै दुवै पार्टी पूरानै अवस्थामा फर्किएका छन् । पूरानो अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी शर्मा ओली नेतृत्वको पार्टी अर्थात् नेकपा एमालेको भएको छ ।

सर्वाेच्चको फैसलामा चुनाव चिन्ह बारे उल्लेख छैन । तर, दुवै पार्टी पूरानै अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी ओली पक्षको भएको हो ।

नेपाली राजनीतिमा सूर्य चिन्ह सर्वाधिक प्रभावशाली ब्राण्डको रुपमा रहँदै आएको छ । ठूलो राजनीतिक उतारचढाव बीच पनि सूर्य चिन्ह हात पार्नुलाई केपी ओली पक्षले महान विजय भनेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !