२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी शर्मा ओली नेतृत्वकै सरकार रहन्छ-झलनाथ खनाल

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार ११:३०


काठमाडाैं । ‘केपी शर्मा ओली नेतृत्वकै सरकार रहन्छ, याे सरकार जाेगाउन हामी लागिपर्छाैं’- नेकपा एमालेका नेता झलनाथ खनालकाे भनाइ हाे ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै झलनाथले भन्नुभयाे – ‘सरकार जोगाउने दायित्व एमालेको हो, हामी जोगाउनतिर लाग्छौँ ।’ बाँकी २ वर्ष ओलीकै नेतृत्वमा सरकार चल्ने झलनाथले प्रष्ट पार्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीकाे साथ छाेडेर प्रचण्ड समूहका गएर फेरि एमालेमै फर्किएका नेताहरूकाे बाेली अहिले फेरिन थालेकाे छ । फागुन २३ गते सर्वाेच्चकाे नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्डसँग विछाेड भएर एमालेमै फर्किएका माधवकुमार नेपाल, झलनाथहरूकाे बाेली फेरिन थालेकाे हाे ।

प्रचण्ड समूहमा रहँदा माधव झलनाथहरूले केपी ओलीलाई खुल्याउन कुनै कसर बाँकी राख्नुभएन । फेरि एमालेमै फर्किन वाध्य भएपछि उहाँहरू नरम हुन थाल्नुभएकाे छ । ओलीप्रति सकारात्मक देखिन थाल्नुभएकाे छ ।

पुनर्स्थापना विशेष घटना भएको भन्दै उहाँले संविधानको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने बताउनुभयाे । देशका सबै राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ सदनकाे भएकाे भन्दै उहाँले भन्नुभयाे – ‘नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्नहुन्छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !