७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सात महिनामा भित्रियाे २४ अर्ब रुपैयाँकाे माेवाइल फाेन ( भिडियाे रिपाेर्ट )

प्रकाशित मिति :  ६ चैत्र २०७७, शुक्रबार १०:२१


काठमाडौं । नेपालीले नयाँ मोवाइल फोन किन्न अध्याधिक रकम खर्चन थालेका छन् । गत साउनदेखि माघ बीचको अवधीमा नेपालमा २४ अर्ब रुपैयाँ भन्दा धेरैको मोवाइल फोन आयात भएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यो आयात करिब दोब्बर हो । अर्थ मन्त्रालयको तथ्यांक अनुसार ८४ प्रतिशतले आयात बढेको छ ।

मोबाइल फोन पहिलेभन्दा महंगो भएका कारण पनि आयात बढेको देखिएको हो । सर्वसाधारणले सस्तो फोन छाडेर फोर जी इन्टरनेट चल्ने महंगो फोन किन्न थालेकाले पनि आयातको परिमाण बढेको देखिएको हो । व्यापारीहरुका अनुसार केही वर्ष पहिलेसम्म सर्वसाधारणले १० हजार रुपैयाँ भन्दा थोरै मूल्यको फोन किन्थे । अहिले अधिकांशले २० हजार रुपैयाँभन्दा धेरैको फोन किन्छन् ।

काठमाडौंको न्यूरोडमा मोवाइल फोनको व्यापार गर्ने कृष्ण श्रेष्ठका अनुसार २० हजार रुपैयाँ हाराहारीको मोवाइल फोनको विक्री अत्याधिक छ । उहाँका अनुसार २५ प्रतिशत ग्राहकको रोजाइ ३० हजार रुपैयाँभन्दा महंगो फोन हुने गरेको छ ।

ग्राहकले महंगो फोन किन्न थालेकाले आयातको परिमाण बढेको कृष्ण बताउनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !