२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भाेलि बस्ने प्रतिनिधि सभामा न्याय परिषद्काे प्रतिवेदन पेस हुने (कार्यसूचीसहित)

प्रकाशित मिति :  ९ चैत्र २०७७, सोमबार १२:३७


काठमाडौं । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस हुने भएका छन् ।

संघीय संसद् सचिवालय साेमबार सार्वजनिक गरेकाे कार्यसूची अनुसार मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष ०७६-७७ काे वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले नै महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७६-७७ को प्रतिवेदन पेस गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधि सभा पुर्नस्थापना भएपछि मंगलबार बस्ने बैठक पाँचाैं बैठक हाे । पुर्नस्थापित प्रतिनिधि सभाकाे पहिलो बैठक फागुन २३ गते, दाेस्राे बैठक फागुन २६ गते, तेस्राे बैठक चैत ३ गते र चाैथाे बैठक चैत ६ गते बसेकाे थियाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !