आज प्रतिनिधि सभाको बैठक बस्दै
प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०२:१६

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको कार्यसूची अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले नै महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७६/७७ को प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।
0
Shares