२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा अधिवेशन बोलाउ – कांग्रेस

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ०८:५१


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउनुपर्ने बताउनुभयाे ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद् गगन थापाले सो माग गर्नुभएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई कामबिहीन बनाउने प्रपञ्च गर्नुभएको थापाले आरोप लगाउनुभयो ।

विधेयक अधिवेशनमा काम गर्न कांग्रेस तयार रहेको पनि उहाँले बताउनुभयो । थापाले भन्नुभयो – ‘एसिड सम्बन्धी कानुन बनाउन दिइन भनेर हल्ला गर्ने तर, सदनलाई कानुन बनाउन नदिने, कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ।’

सदनको गरिमा कायम राख्न आफूहरु लड्न तयार रहेको पनि थापाले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !