२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चैत २० मा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  ११ चैत्र २०७७, बुधबार ०९:४३


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको १४ औं महाधिवेशन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारीसहित अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने तय भइसकेको छ । त्यसअघि असारमै वडा अधिवेशन सुरू गर्नुपर्ने हुन्छ । क्रियाशील सदस्यताको टुंगो नलगाइ वडा अधिवेशन पनि गर्न सकिँदैन । चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नुपर्ने समय पनि कांग्रेसले तोकेको थियो । तर केही जिल्लामा अझै काम बाँकी रहेको बताइएको छ ।

क्रियाशील सदस्यता छानबिन गर्न कांग्रेसले समिति नै बनाएको छ । ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति बनाएको थियो  ।


0
Shares

प्रतिक्रिया दिनुहोस !