२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चैत १५ देखि वितरण हुन्छ मेलम्चीको पानी – प्रम ओली

प्रकाशित मिति :  ११ चैत्र २०७७, बुधबार १०:१९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण थालिने बताउनु भएको छ ।

नगरपालिका महासंघको वार्षिक उत्सव कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘चार दिनपछि काठमाडौंबासीका धारामा मेलम्चीको पानी बाड्छौं, १५ गतेदेखि पानी वितरण सुरु गछौं, कुनै दुर्घटना नहोस् भनेर चरणबद्ध रुपमा वितरण गछौं ।’

प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंबासीलाई खानेपानी पुग्ने बताउनुभयो । सो काम पनि चाँडै थालिने प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यो काम पूरा गर्न २७ वर्ष लाग्दैन खब ढुक्क हुनुस्, हामी आरामले बस्ने कुरा मात्र गर्ने काम नगर्ने होइनौं, हेर्दाहेर्दै थानकोटको सुरुङ मार्ग बन्दैछ ।’

भौगोलिक बनाबटका कारण खानेपानीको समस्या भएपनि  पम्पीङ प्रविधिको प्रयोग गरेर धारा–धारामा पानी पुर्याउन लागिएको पनि उहाँले बताउनुभयो । यो नेपालका लागि ठूलो परिवर्तन भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकारलाई विकास गर्नबाट रोक्ने मानिसहरु पनि भएका तर ती मानिस अहिले साइड लागेका प्रधानमन्त्रीले बताउनुभयो । देश विकासका काममा बाहना बनाउन नहुँने पनि प्रधानमन्त्रीले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !