२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषि वन बनाऔं, क्रान्ति गरौं – प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार १०:२७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि वन बनाएर कृषिमा क्रान्ति गर्नुपर्ने बताउनु भएको छ ।

नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्न बिहीबार जाउलाखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘अब हामीले कृषि वनको विचारलाई बोकेर हिँड्नुपर्छ ।’

जंगलमा फलफुल खेती गरेर किसानलाई आत्मानिर्भर बनाउन सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो वनमा अब फलफूल फलाउनुपर्छ, वनलाई कृषि वन  बनाउनुपर्छ ।’

कृषि उत्पादन बढाउन वनमा खेति गर्न आव्हान गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘खेती पनि होस, बन पनि फैलियोस्,  उत्पादन पनि बढोस् ।’
कृषि वन निर्माण विश्वमै नौलो विधि भएकाले नेपाल विश्वमै नमुना बन्नेपनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।‘हामीले प्रकृतिका लागि जमिन छुट्याउछौँ , प्रकृतिले हाम्रालागि कृषि उत्पादन छुट्याउँछ’– प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कृषि प्रधान देश भएपनि खाद्यान्न फलफूल आयात गर्नु दुर्भाग्य भएको बताउनुभयो । ‘अब कृषि वनले हाम्रो निर्यात बढ्ने छ, हाम्रो पूरानो ज्ञान र सिपलाई आधुनिक कृषि सँग मिलाएर लैजानपर्छ र कृषि वनबाट क्रान्ति गर्नुपर्छ’– उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !