२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेमै बस्ने कि प्रचण्डको पार्टीमा ? माधव गुटमा विवाद सुरु

प्रकाशित मिति :  १३ चैत्र २०७७, शुक्रबार ०३:५६


काठमाडौं । नेता माधवकुमार नेपालको गुटभित्र तिब्र विवाद उत्पन्न भएको छ । माधव सहितका केही नेताहरुले पुष्पकमल दाहाल प्रचण्डकै पार्टीमा फर्कने हर्कत खुलेआम थाल्नुभएपछि माधव गुटमा विवाद सुरु भएको हो ।

एमालेतिर लाग्ने कि प्रचण्डको पार्टीमा फर्कने भनी माधव गुटभित्र विवाद उत्पन्न भएको हो ।

बिहीबार माधव लगायतका नेताहरुले प्रचण्डसँग वार्ता गरेर एमालेमा स्पष्टिकरण बुझाउनुभएको थियो । उता, सो गुटका कैयन नेताहरु एमाले अध्यक्ष केपी ओलीको सम्पर्कमा पुगेका छन् ।

माधव गुटमा लाग्नुभएका योगेश भट्टराई लगायतका नेताहरुले एमालेमै संघर्ष गरेर बस्नुपर्छ, प्रचण्डको पार्टीमा जान हुन्न भनिरहनुभएको जानकारी प्राप्त भएको छ । योगेश लगायतका नेताहरुले माधवलाई भेटेर एमाले छाड्न नहुने सुझाव दिनुभएको बुझिएको छ ।

स्रोत अनुसार प्रचण्डकै पार्टीमा जानुपर्छ भन्ने पक्षमा मुख्यगरी माधव, घनश्याम भुषाल, रघुजी पन्त, वेदुराम भुषााल लगायत हुनुहुन्छ । वरिष्ठ नेता झलनाथ खनाल भने विरामी भएर बस्नुभएको छ । उहाँ एमालेमा फर्कनुपर्ने पक्षमा रहनुभएको बुझिएको छ ।

विवादका बीच माधवले आफ्ना गुटका केन्द्रीय सदस्यहरुको भेला आज बोलाउनुभएको छ । सो भेलामा एमालेमै बस्ने कि प्रचण्डकोमा फर्कने भनी विवाद हुने बताइएको छ ।

माधव गुटले आफ्नो पक्षमा लागेका सांसद्हरुलाई संसदीय दलको बैठकमा समेत जान दिइरहेको छैन । तर, असहमति बीच पनि अधिकांश सांसद् एमालेमै बस्ने पक्षमा देखिएका छन् । आज बस्ने संसदीय दलको बैठकमा माधव गुट नजाने भएको छ । तर, गुटको आदेश अस्वीकार गर्दै केही सांसद् आज बस्ने दलको बैठकमा जाने भएका छन् ।

अब एमालेले पार्टी अनुशासन उल्लंघन गर्ने सांसद्हरुलाई निलम्बन गर्ने भएको छ । निलम्बनका लागि आजबाट सांसद् पहिचान गर्न थालिने प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले जानकारी दिएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !