२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

होलीको मेलामा युवा बीच झडप : दुईजनाको ज्यान गयो

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०४:०१


काठमाडौं । बागलुङमा होलीको मेलामा युवाहरु बीच झडप हुँदा दुईजनाको ज्यान गएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० बल्देधुरीमा भएको झडपमा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको वडाध्यक्ष विरेन्द्रकुमार बुढा मगरले जानकारी दिनुभयो । झडपको क्रममा भिरबाट लडेर उनीहरुको ज्यान गएको मगरले बताउनुभयो ।

दुवैजनाको शवलाई पोष्टमार्टमको लागि मुर्तीवाङ लगिएको उहाँले जानकारी दिनुभयो । घटना आइतबार दिउँसोको हो ।

बागलुङ, प्युठान र गुल्मी जिल्लाको सिमानामा पर्ने सो स्थानमा तीनवटै जिल्लाका युवाहरु होली मनाउन भेला भएका गाउँपालिका उपाध्यक्ष अम्मरबहादुर श्रीसले जानकारी दिनुभयो । ‘दुई जनाको शव भिरबाट निकालेर प्रहरीले लगेको छ, अहिले अरु त्यहाँ केही छैन’, उहाँले भन्नुभयो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । हालसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !