२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठक चैत १८ गते बस्दै

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०४:१०


काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठक चैत १८ गते बुधबारको लागि बोलाइएको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले बैठक बोलाउनुभएको हो । बुधबार बस्ने बैठमा प्रदेश सभामा सरकार विरुद्ध पेस भएको अविश्वास प्रस्तावमाथि छलफल हुने छ । मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई मुख्यमन्त्रीले सो हस्ताक्षर फिर्ता लिन बैठकमा निर्देशन दिनुहुने बताइएको छ ।

डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै गएको पुस १० गते तत्कालीन नेकपाका ४५ जना सांसदले प्रदेश सभाको संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको थियो । नेकपा विभाजन भएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दल भएका छन् । सो प्रस्तावमा एमालेका २३ जना सांसद्ले हस्ताक्षर गर्नुभएको थियो ।

नेकपा विभाजन भएपछि पनि वाग्मती प्रदेशमा एमालेसँग एकलौटी सरकार बनाउन पुग्ने सांसद् छन् । वाग्मती प्रदेशमा एमालेका ५७ जना सांसद् छन् । कुल १ सय १० जना सांसद् रहेको वाग्मती प्रदेशमा सरकार बनाउन ५६ जना सांसद् आवश्यक पर्दछ ।

वाग्मतीमा माओवादी केन्द्रका २३ जना सांसद् छन् । त्यस्तै कांग्रेसका २२ सांसद् छन् । यसैगरी राप्रपाका दुईजना, नेपाल मजदुर किसान पार्टीका दुईजना, साझा विवेकशील पार्टीका तीनजना र स्वतन्त्र एकजना सांसद् छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !