८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव–प्रचण्डको गोप्य वार्ता

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ११:४६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले नेता माधवकुमार नेपालबीचको गोप्य वार्ता जारी छ । सोमबार पनि दुई नेता बीच कोटेश्वरमा गोप्यवार्ता भएको छ ।

कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा सोमबार दुई नेता बीच गोप्य वार्ता भएको थियो । सो वार्तामा भीम रावल र नारायणकाजी श्रेष्ठ समेत सहभागि हुनुहुन्थ्यो ।

नेकपा विघटन हुनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउने गरी सुरु भएको दुई नेताको गठजोड अलग अलग पार्टी हुँदा समेत टुटेको छैन । नेकपा एमाले र माओवादी केन्द्र बनेपछि पनि प्रचण्ड र नेपालको भेट लगातार चलिरहेको छ ।

यस अघि पार्टीले मागेको स्पष्टिकरण बुझाउनु पहिला समेत नेपालले प्रचण्डलाई स्पष्टिकरण पत्र करेक्सन गराएर पार्टीमा पठाउनुभएको थियो । नेकपा एमाले र पार्टी अध्यक्ष विरुद्ध लगातार लागिरहनुभएका नेपालको आजको भेटघाट पनि प्रधानमन्त्रीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने विषयमा नै केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।

यस बाहेक प्रचण्ड र नेपाल सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र अलग अलग गराउने फैसलाको विरुद्ध पुनरावलोकनमा जाने तयारीमा हुनुहुन्छ । उहाँहरु अदालतको फैसलालाई उल्टाएर माओवादी केन्द्र र एमालेको माधव गुट मिलाएर नयाँ पार्टी बनाउने योजनामा हुनुहुन्छ ।

पार्टी हित विपरित गुट भेला गर्दै हिँडेपछि नेपालसँग नेकपा एमालेले स्पष्टिकरण मागेको छ । नेपाल र भीम रावलसँग पार्टीले मागेको स्पष्टिकरणमा दुवैले जवाफ दिनुको सट्टा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध नै विभिन्न आरोप लगाउँदै प्रश्न उठाउनुभएको छ ।

उहाँहरुको जवाफ चित्तबुझ्दो नभएकोले कारबाहीको प्रक्रिया अघि बढ्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसक्नु भएको छ । पार्टीले कारबाही गर्दा कसरी अघि बढ्ने भन्ने विषयमा पनि नेपालले प्रचण्डसँग लगातार परामर्श गरिरहनुभएको छ ।

नेपाल प्रचण्डले बनाएको रणनीति अनुसार अघि बढिरहनु भएको छ । प्रचण्डले सार्वजनिक रुपमा नै सके माधव नेपालले एमाले कब्जा गर्नुहुन्छ, नसके विद्रोह गरेर हाम्रै पार्टी आउनुहुन्छ भनेर अभिव्यक्ति दिइसक्नु भएको छ । त्यसैले नेपाल हरेक विषयमा सल्लाह लिन प्रचण्डकोमा पुग्ने गर्नुभएको छ ।

माधव नेपाल आफैँमा कुनै पनि विषयमा निर्णय लिन नसक्ने नेता भएको नेपालसँग लामो समय काम गर्नुभएका एमाले प्रदेश २ का इञ्चार्ज सत्यनाराण मण्डल बताउनुहुन्छ । ‘ माधव नेपाल कुनै विचार र दृष्टिकोण भएको नेता होइन, उहाँ आफ्नो निर्णय भन्दाबढी अरुको इसारामा चल्नुहुन्छ’, मण्डलले सनराइज खबरसँग भन्नुभयो ।

नेपाल एमाले पार्टी हित विरुद्ध लागेर माओवादीमा जाने तयारी गर्न लागेपछि उहाँलाई साथ दिँदै आएका उहाँका समूहका नेताले समेत छाड्दै गएका छन् । एमाले पार्टी नै कब्जा गर्ने सोचले एमालेमा जानुभएका नेपाल आफ्नै नेताले साथ छाडेपछि पार्टी भित्र संकटमा पर्नुभएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !