त्रिवि पनि शुक्रबारसम्म बन्द, परीक्षा भने सञ्चालन हुने
प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ०३:४८
काठमाडौं । प्रदुषण बढेपछि त्रिभुवन विश्वविद्यालयले पनि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले एक सूचना जारी गरी अन्य प्रशासनिक कार्यलाई भने सुचारु राखि पठन पाठन बन्द हुने जनाएको छ ।
मंगलबारदेखि पठनपाठन बन्द गरिए पनि परीक्षा भने सुचारु राखिने त्रिविले जनाएको छ । सूचनामा भनिएको छ, ‘पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरुले स्वास्थ्य सजकता अपनाउँदै परीक्षा कार्यक्रम यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ ।’
वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै विश्वविद्यालय बन्द भएको हो । यस अघि सरकारले देश भरिका विद्यालय मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
0
Shares












