३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र रावल सांसद् पदबाट पनि निलम्वित हुँदै

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ०४:३५


काठमाडौं । माधवकुमार नेपाल र भिम रावल नेकपा एमालेको सांसद् पदबाट निलम्वित भएको भनी संसद् सचिवालयमा पत्र पठाइने भएको छ ।

नेपाल र रावललाई  एमालेले साेमबार पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्वित गरेको हो । नेपाल र रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पठाउनुभएको पत्रमा पार्टी सदस्य, महाधिवेशन आयोजक समिति सदस्य र सबै जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वित गरिएको लेखिएको छ । सो पत्रमा सांसद् पदबाट निलम्वन गरेको भने उल्लेख छैन ।

‘उहाँहरुलाई सांसद् पदबाट पनि निलम्वित गरिएको छ’– अध्यक्ष निकट एक नेताले बताए– ‘पार्टी सदस्यताबाटै निलम्वित गर्नुको अर्थ सांसद् पदबाट पनि निलम्वित गर्नु हो ।’

एमालेले नेपाल र रावललाई निलम्वित गर्न संसद् सचिवालयमा पत्र पठाउने भएको छ । ‘हामी तत्काल पत्र पठाउँदैछौं’– एमालेका ती नेताको भनाई छ ।

एमाले संसदीय दलको नयाँ विधानमा सांसद्लाई निलम्बन गर्न सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार निलम्वनको पत्र पठाउन लागिएको हो ।

निलम्वित भएपछि नेपाल र रावलले प्रतिनिधि सभा बैठकमा भाग लिन पाउनुहुन्न । उहाँहरुले संसदीय समितिका बैठकहरुमा पनि भाग लिन पाउनुहुन्न । संसद् सचिवालयका एक कर्मचारीका अनुसार निलम्वित भएको अवधीको तलब भत्ता समेत उहाँहरुले पाउनुहुने छैन ।

नेता नेपाल एमालेलाई कब्जा गरेर या तहसनहस बनाएर फेरि पनि पुष्पकमल दाहाल प्रचण्डकै साथमा फर्कने पक्षमा हुनुहुन्थ्यो । उहाँ र प्रचण्ड दुवैले एमालेलाई ध्वस्त पार्ने घोषणा गर्नुभएको थियो । उहाँहरुको घोषणा पूरा हुन नपाउँदै एमालेले नेता नेपाल र रावललाई निलम्वित गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !