१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डले एकता भन्ने शब्दकै वदनाम गराउनुभयो : प्रम ओली

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ११:२३


.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले एकता भन्ने शब्दको नै वदनाम गरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित रिर्पोट्स क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाको एकतालाई सर्वोच्चले भंग गरिदियो भन्नु नै गलत भएको बताउनुभयो । केपी ओलीलाई सिध्याएर प्रचण्डले पार्टी एकताको रटान रटेको बताउँदै उहाँले भन्नुभयो – ‘उहाँहरु भन्नुहुन्छ – सर्वोच्च अदालतले एकता तोडिदियो, कहाँ थियो र एकता तोड्नलाई, एकता कहाँ थियो र अदालत भंग गर्नु ?’ प्रचण्डले डबलीमा बसेर पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत निकालेर एकताको नाटक गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

अदालतले नेकपाको नाम जुधेकााले विघटन गरी मिल्ने भए नयाँ नाम लिएर आउ भनेपछि त्यसबारे कुरा गर्न प्रचण्डलाई आफूले फोन गरेको प्रधानमन्त्रीले बताउनुभयो । तर मिलेर जाने प्रचण्डकोे नियत नदेखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रचण्ड मुद्दा मामिला गरेर जाल झेल मात्र रच्ने व्यक्ति भएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्रीले प्रश्न गर्नुभयो – ‘नेकपा एमाले बनाइयो त्यो त खोसेर लाने रे ? प्रचण्डले सूर्य चिन्ह मेरो हो भन्ने ?’

देशलाई संकट परेको नभइ प्रचण्ड र माधवकुमार नेपालाई संकट परेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘संकट प्रचण्डलाई परेको होला माधव नेपाललाई परेको होला, देशलाई कहाँ के संकट परयो ? केमा संकट पर्यो तपाईंहरुलाई ?


0
Shares

प्रतिक्रिया दिनुहोस !