२२ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संस्थापनभन्दा हामी कमजोर छैनौं– माधव नेपाल

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०९:१२


काठमाडौं । नेकपाएमालेका निलम्वित नेता माधवकुमार नेपालले आफ्नो गुट संस्थापन पक्षभन्दा कमजोर नभएको दावी गर्नुभएको छ ।

वालुवाटारले आफूहरुमाथि नकारात्मक भाव राखेको आरोप लगाउँदै उहाँले आफूहरु वालुवाटार जस्तो नकारात्मक नभएको बताउनुभएको हो । आफ्नो गुटको युवा संघ केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै आफूहरु संस्थापन पक्षभन्दा कमजोर नहुने दावी माधवले गर्नुभयो ।

‘हाम्रो क्रान्ति अगाडी बढेको छ । सडकमै रहेर पनि आवाज बुलन्द गछौं’– उहाँले भन्नुभयो– ‘हामी सकारात्मक भाव राख्छौं । नकारात्मक भाव राख्ने काम वालुवाटारले गर्ने हो । हामी संगठन, विचार, गतिशिलता, तार्किकतामा उत्कृष्ट बन्नुपर्छ ।’

आफ्नो गुटको संगठन विस्तारलाई देशभर फैलाउने उहाँको दावी थियो । उहाँले भन्नुभयो – ‘हामीमाझ विभिन्न चुनौती छन् ।हामी क्रान्तिकारी अगुवा दस्ता हौं । प्रदेश–प्रदेशमा, जिल्ला–जिल्लाका कमटी बनाउनुस् । सबैतिर संगठन विस्तार गर्नुहोस् ।’

प्रतिनिधि सभा बैठक चलिरहेको बेला माधवले गुटको कार्यालय उद्घाटन गर्नुभएको हो । पार्टीले सांसद् पदबाट पनि माधवलाई निलम्वन गर्ने तयारी गरिरहेको बेला उहाँ प्रतिनिधि सभा बैठकको बेला कार्यालय उद्घाटनमा जानुभएको हो ।

युवा संघको कार्यालय भनिए पनि अब माधव गुटको धेरै काम यही कार्यालयबाट हुने बताइएको छ ।

-आईएनए न्युज


0
Shares

प्रतिक्रिया दिनुहोस !