२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सकियो सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता

प्रकाशित मिति :  १९ फाल्गुन २०७७, बुधबार ०७:१३


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सम्पन्न पहिलाे चरणकाे वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टाेलीले जनाएकाे छ । सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिनुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेख्नुभएकाे छ – ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ, वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी हुनुभएकाे थियाे । विप्लव समूहकाे तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र केन्द्रीय सदस्य उदय चलाउने (दीपक) सहभागी हुनुभएकाे छ ।

सरकारले मंगलबार वार्ता गृहमन्त्रीकाे नेतृत्वमा टाेली बनाएकाे थियाे । लगत्तै विप्लव समूहले पनि टाेली बनाएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !