२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अग्नि सापकोटाको पद गुम्ने अवस्था, महाभियोग लाग्दै

प्रकाशित मिति :  २१ फाल्गुन २०७७, शुक्रबार १०:५४


काठमाडौं । नेपालको इतिहासका सबैभन्दा पूर्वाग्रही तथा दुराग्रही सभामुख भन्दै अग्निप्रसाद सापकोटालाई महाभियोग लगाइने भएको छ । महाभियोग लगाइएपछि अग्निप्रसाद स्वत निलम्बित बन्नुहुने भएको छ ।

‘अग्नि सापकोटाजीको नेतृत्वमा प्रतिनिधि सभा अगाडि बढ्न सक्दैन, कि उहाँले राजीनामा दिनुपर्छ, कि महाभियोग भोग्न तयार हुनुपर्छ’– प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले राइजिङ सन खबरलाई बताए ।

सभामुख सापकोटा पदीय मर्यादामा नबसेको, गुटको खेति गरेको, शक्तिकेन्द्रहरुमा हुने गुप्त कोठो बैठकमा भाग लिएको, सक्रिय राजनीतिमा लागेको, पार्टीको गुटमा सक्रिय भएको, राजनीतिक पूर्वाग्रह र दुराग्रह बोकेको लगायतका आरोप सत्तारुढ नेकपाले लगाएको छ ।

सभामुख पदमा बसेको व्यक्तिले सक्रिय राजनीतिमा लाग्न नपाइने व्यवस्था छ । सभामुख बन्ने व्यक्तिले पार्टीबाट समेत राजीनामा दिने चलन छ । विगतका सभामुखहरुले पनि पार्टी राजनीतिमा नलागेको प्रत्याभूति दिन पार्टीबाट राजीनामा दिएका थिए । त्यस विपरित अग्नि सापकोटाले सभामुख पदको धज्जी उडाउँदै राजनीति गर्नुभएको हो ।

सभामुख सापकोटालाई धरानमा जग्गा घोटाला गरेको संगीन आरोप पनि लाग्दै आएको छ । धरानको सर्दु खोला जलाधार क्षेत्रको ठूलो क्षेत्रफलको जग्गा घोटाला गरिएको छ । सो घोटालामा सापकोटा मुछिनुभएको छ । नेकपालाई फोर्ने, प्रधानमन्त्रीलाई हटाउने, सरकार विरुद्ध षडयन्त्र गर्ने, सीमित नेताहरुको गोट्टी बन्ने गरेको आरोप लाग्दै आएको छ ।

राजनीतिक रुपमा विभाजित नेकपाको एउटा पक्षमा लागेर सभामुख सापकोटाले नैतिकताको खिल्ली उडाएको सत्तापक्षीय सांसद्हरुको आरोप छ । प्रम ओली निकट एक सांसद्ले राइजिङ सन खबर सँग टिप्पणी गरे– ‘अग्नि सापकोटाजीलाई सभामुख भन्न नसुहाउने अवस्था आयो, अखिलको नेता जस्तो उहाँको गतिविधि छ ।’

‘अग्निजीको अध्यक्षतामा बस्ने प्रतिनिधि सभा बैठकमा सहभागी हुनु भनेको लोकतन्त्रको खिल्ली उडाउनु जस्तो भयो, अग्निजीले प्रतिनिधि सभाको बेइज्जत गर्न खोज्नुभएको छ, सभामुखले पालना गर्नुपर्ने मर्यादा उहाँले अलिकति पनि पालना गर्नुभएन’– ती सांसद्को टिप्पणी छ ।

स्रोत अनुसार सभामुख सापकोटालाई महाभियोग लगाउने सम्बन्धमा सत्तारुढ नेकपाको उच्च तहमा व्यापक छलफल भइरहेको छ । ‘राजीनामा नदिएको अवस्थामा सभामुख सापकोटा विरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित जस्तै छ’– नेकपा उच्च स्रोतको भनाई छ । आफू विरुद्ध महाभियोग आउने र पद छाड्नुपर्ने भएपछि सापकोटाले झन् धेरै गुटको सेवा गर्न थाल्नुभएको बताइएको छ । नियम कानुनको धज्जी उडाउँदै आफूले समर्थन गरेको प्रचण्ड गुटलाई फाइदा हुने काम गर्न सापकोटा तल्लीन देखिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !