२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विप्लव समूह औपचारिक रूपमै शान्तिपूर्ण राजनीतिमा फर्कियाे

प्रकाशित मिति :  २१ फाल्गुन २०७७, शुक्रबार ११:०६


काठमाडाैं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच भएकाे ऐतिहासिक सहमति पत्रमा हस्ताक्षर भएकाे छ ।

राष्ट्रिय सभागृहमा आयाेजित विशेष समाराेहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सहमतिमा हस्ताक्षर गर्नुभएकाे हाे । याेसँगै विप्लव समूह औपचारिक रूपमै शान्तिपूर्ण राजनीतिमा फर्किएकाे छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले एक वर्षदेखि सहमतिको प्रयास भइरहेकोमा अहिले आएर वार्ता निष्कर्षमा पुगेको खुलासा पनि गर्नुभयाे ।

सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !