२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार १२:०६


काठमाडौं । सर्वोच्च अदालतकाे न्यायाधीशमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

प्रतिनिधि सभाकाे संसदीय सुनुवाइ समितिमा उहाँहरुविरुद्ध सात वटा उजुरी परेकाे हाे । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सात वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी दिन समय दिएको थियो ।

साे १० दिन आज पूरा भएको छ । बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ । यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।

सोहीअनुसार डा. चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !