नयाँ वर्षमा जनतालाई धरहरा उपहार – प्रम ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनु भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयाेजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेकाे छ, आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’
सरकारले एक पछि अर्काे नयाँ काम र याेजनाकाे थालनी गरिरहेकाे पनि उहाँले बताउनुभयाे । मेलम्ची खानेपानी लगायत थुप्रै याेजनामा सरकारले सफलता पाएकाे पनि उहाँले बताउनुभयाे । देशलाई सुरुङमार्गमा लैजाने लगायत धेरै काम सरकारले गरेकाे उहाँले बताउनुभयाे । बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाउनुभयो ।
-आईएनए न्युज