२५ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेको नरैनापुरमा आगलागी हुँदा एक घाइते, ६० धेरै घर जले

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार १२:२५


बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४ खोदावाँ गाउँमा आगलागी भएको हो ।

करिब ५ बजेबाट भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो । ‘नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका ३ वटा दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट पनि एउटा दमकल आउँदैछ ।’ उहाँले भन्नुभयो – ‘अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको छ, गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको छ ।’

आगलागीमा परेर एक महिला घाइते भएकी छिन् । घाइते महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अध्यक्ष अहमद साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘धेरै जसो फुसको घर भएकोले आगो नियन्त्रणमा ल्याउन कठिनाई भएको हो ।’  आगलागीबाट धेरै क्षति भएकाले तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !