३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डको खल्तीमै छ चिठ्ठी, कुनै पनि बेला संसद्मा पठाइने

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार ०७:२८


तपेन्द्र विष्ट

काठमाडौं । सरकारलाई दिई आएको समर्थन फिर्ता लिने सम्बन्धमा माओवादी केन्द्रमा अन्यौल सिर्जना भएको छ । सो पार्टीले सरकारलाई दिई आएको समर्थन आज फिर्ता लिने भनिएको थियो । तर, आज स्थायी समितिको बैठक नै बसेन ।

केही स्थायी समिति सदस्य राजधानी बाहिर रहेकाले बैठक नबसेको भनी माओवादीका नेताहरुले बताएका छन् । स्थायी समिति बैठक बसेर समर्थन फिर्ताको निर्णय गरिने बताइएको थियो । अब स्थायी समिति बैठक २५ गतेपछि मात्र बस्ने बताइएको छ ।

माओवादीका एक नेताका अनुसार स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय पहिले नै गरिसकेको छ । निर्णय सार्वजनिक नगरिएको मात्र हो । ती नेताले भने– ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने चिठ्ठी अध्यक्ष प्रचण्डको खल्तीमा छ । उपयुक्त मौका पारेर उहाँले सो चिठ्ठी संसद् सचिवालयमा लगेर दर्ता गर्नुहुनेछ ।’

उनका अनुसार कुनै पनि बेला प्रचण्डले सो पत्र संसद् सचिवालयमा पठाउन सक्नुहुन्छ ।

 

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !