३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धर्मराज रेग्मीलाई माओवादीले सांसद्‍‍बाट हटायो

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार ११:४५


काठमाडौं । एमाले प्रवेश गर्नुभएका धर्मराज रेग्मीलाई माओवादी केन्द्र कर्णाली संसदीय दलले सांसद्बाट हटाएको छ ।

नेकपा खारेज भएपछि उहाँ एमाले प्रवेश गर्नु भएको थियो । रेग्मीलाई माओवादीले सांसद्बाट हटाएपछि प्रदेश कर्णाली प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ ।

रेग्मीलाई सांसद् पदबाट हटाएपछि प्रदेशको संसदीय अंक गणितमा फरक परेको छ । अंक गणितमा फरक आए पनि एमाले एक्लैले सरकार बनाउन सक्ने अवस्था भने छैन ।

कर्णालीमा सरकार बनाउन २० जना सांसद् चाहिन्छ । सरकार बनाउन एमालेसँग सभामुखसहित २० सांसद् छन् । प्रदेश सभामा नेपाली कांग्रेसका ६, राप्रपाका एक, र माओवादी केन्द्रका १२ जना सांसद् छन् । रेग्मीलाई हटाएपछि माओवादीसँग अब ११ जना सांसद् मात्र छन् ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !