६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चारआलीको जंगलमा भेटियो बिर्तामोडका व्यवसायी तिलकको शव

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार १३:४६


झापा । बिर्तामोडका एक व्यवसायी रहस्मय ढंगले मृत भेटिएका छन् ।

विर्तामोडमा गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राकेश थापाले यस संवाददातालाई जानकारी दिनु भए अनुसार हत्या हो कि होइन भन्ने प्रष्ट भएको छैन । उहाँले भन्नुभयो– ‘अनुसन्धानको प्रारम्भिक चरणमै छौं ।’

शनिबार राति करिव साढे नौ बजे तिर चारआलीको जंगल छेउको गोरेटो बाटोमा एउटा बेवारीसे मोटरसाइकल प्रहरीले फेला पारेको थियो । प्रहरीले सो शंकासपद मोटरसाइकलाई प्रहरी कार्यलयमा लगेर राखेको थियो ।

सो मोटरसाइकल तिलक निरौलाको रहेको प्रहरीले पत्ता लगायो । तिलक तीन दिनदेखि हराइरहनुभएको थियो । त्यसपछि प्रहरीले आज मोटरसाइकल भेटिएको ठाउँ छेउछाउ खोज्दा तिलकको शव फेला परेको हो ।

‘झाडीमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो’– प्रहरीको भनाई छ । हत्या हो कि होइन भन्ने यकिन पोष्टमार्टम पछि मात्र हुने प्रहरीले जनाएको छ ।

तिलकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नायव उपरीक्षक राकेशले बताउनु भयो ।

आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !