आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, सरकार माथिको अविश्वास प्रस्ताव फिर्ता हुँदै
प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ०६:४२
काठमाडौं । आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे बोलाइएको छ ।
आजको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसद्ले हस्ताक्षर फिर्ता लिएपछि माओवादीले प्रस्ताव फिर्ता लिन लागेको हो ।
तत्कालीन नेकपाका ३७ जना संसद्ले राईलाई हटाइ भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । आचार्य सहितिका एमाले सांसद्ले नै प्रस्ताव फिर्ता लिएपछि अविश्वास प्रस्ताव अर्थहीन भएको छ ।
प्रस्ताव संसदमा टेबुल भइसकेकोले त्यसलाई फिर्ता लिने प्रस्ताव माओवादीले संसदमा लैजान लागेको हो ।
0
Shares