२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इन्डोनेसियामा बाढी र पहिरोमा ५५ ले ज्यान गुमाए

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०७:४५


जाकार्ता । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनकाे संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी  ५५ जनाले ज्यान गुमाएका थिए ।

यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।

त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता भएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !