२४ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आगलागी बढ्यो, जनतालाई टिनको छाना देउ– पूर्णाकुमारी सुवेदी

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०९:३०


काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै नेकपा एमालेकी सांसद पर्णा कुमारी सुवेदीले आगलागी नियन्त्रणको दिर्घकालीन समाधान खोजिनुपर्ने बताउनु भएको छ ।

बाँके लगायत देशका बिभिन्न क्षेत्रमा आगलागी हुने गरेको र त्यसको दिर्घकालीन उपाय सरकारले अपनाउन पर्ने सांसद सुवेदीले बताउनु भयो ।

तराईका गरिब तथा पछाडि परेको समुदायको घरमा खरको छाना हुनुले आगलागी बढिरहेको उहाँले भन्नुभयो ।

‘हामीले त्यसको दिर्घकालीन उपाय खोज्न सके अग्नि पीडितहरुलाई निकै राहत हुन्थ्यो । त्यसको लागि खरका छाना बिस्थापन गरेर टिनको छाना निर्माणको लागि केन्द्रबाट नै पहल गरिनु पर्छ’ –उहाँले भन्नुभयो ।

देशभर आगलागीका घटना बढेपछि त्यसको प्रभाव बायु प्रदूषणमा समेत परेको बताउँदै  सांसद सुवेदीले भन्नुभयो– ‘आगलागीले झन बायु प्रदूषण बढिरहेको छ । त्यसको असर स्वास्थ्यमा परिरहेको छ ।’

पछिल्लो समय देशभर आगलागीका घटना बढिरहेको र त्यसले ठूलो क्षति भइरहेको उहाँको भनाई छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !