२१ भदौ २०८३, आइतबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जेठ असारमा कोभिड महामारी उच्च विन्दुमा पुग्न सक्छ– स्वास्थ्य मन्त्री

प्रकाशित मिति :  5 April, 2021 11:06 am


काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले आउँदो जेठ असारमा कोभिड–१९ को संक्रमण दर आउँदो जेठ असारमा उच्च हुने चेतावनी दिनुभएको छ ।

विश्वका अन्य मुलुकको तुलनामा कोभिडबाट नेपालमा मृत्युदर कम भएको तथ्यांक स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले प्रस्तुत गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सो तथ्यांक प्रस्तुत गर्नुभएको हो ।

नेपालमा पहिचान भएका संक्रमितमध्ये ९८ प्रतिशत निको भएकोमा सन्तोष प्रकट गर्दै उहाँले नेपालमा संक्रमितको मृत्युदर एक दशमलब एक प्रतिशत मात्र रहेको बताउनुभयो ।

सार्क देशहरुमा कोभिडबाट मृत्युदर एक दशमलब चार प्रतिशत रहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले विश्वमा संक्रमित मध्ये दुई दशमलव दुई प्रतिशतको निधन हुने गरेको बताउनुभयो ।

अहिलेसम्म मृत्युदर थोरै भए पनि अब भने कोभिड महामारीको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाल सरकारको नेमा प्रदेश सरकार, स्थानीय तह, समुदाय र सरोकारवालाहरुको सहयोग र सहकार्यका कारण कोभिड–१९ का कारण हुने मृत्युदर तथा संक्रमण कम राख्न सकिएको हो ।’
महामारी सुरु भएपछि २२ लाख ८५ हजारभन्दा धेरैको परीक्षण गरिएको जानकारी दिँदै उहाँले दुई लाख ७७ हजारभन्दा केही धेरैलाई संक्रमण भएको बताउनुभयो ।

कोरोनाको नेपालमा अवस्था यस्तो थियो । मन्त्री त्रिपाठीको भनाई जस्ताको तस्तै

-आईएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !