२४ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसद्ले हामीलाई मत दिन्छन् – सांसद् बिष्ट

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०८:३३


काठमाण्डौं । माओवादी केन्द्रका सांसद् ठम्मरबहादुर विष्टले एमालेकै सांसदले मुख्यमन्त्री महेन्द्र बहादुर साहीलाई कर्णाली प्रदेशमा विश्वासको मत दिने वताउनुभएको छ ।

ठम्मरले भन्नुभयो – ‘राजनीति सम्भावनाको खेल हो, नेकपा एमाले सांसदले हामीलाई मत दिन सक्छन् ।’

‘मुख्यमन्त्रीले राजीनामा दिने केनै सम्भावना छैन,  सरकारले विश्वासको मत लिन्छ’, – उहाँले भन्नुभयो ।

चैत ४ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमाले बाहेकका सबै दल एक हुँदा पनि मुख्यमन्त्रीलाई जोगाउन सक्दैनन् ।

सरकार बनाउन २१ जना सांसद्को समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद् छन् । यस्तो अवस्थामा मुख्यमन्त्री साहीलाई सरकार बनाउन २१ जना सांसद् चाहिन्छ एमाले बाहेक सम्पुर्ण दलको गठबन्धन भएपनि साहीको पक्षमा बहुमत नपुग्ने पक्कापक्की छ ।

साहीको सरकार बचाउँन एमाले सांसद्ले फ्लोर क्रस गरेर साहीलाई विश्वासको मत दिनुपर्ने हुन्छ । फ्लोर क्रस गरेर विश्वासको मत दिए सांसद् पद नै धरापमा पर्छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !