२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपा फुट्ने हो ? जसपाकै सांसद्को यस्तो चिन्ता

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ११:५१


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) कै सांसद्हरुले आफ्नो पार्टी फुट्ने चिन्ता व्यक्त गरेका छन् ।

राजपाकी सांसद् लिलादेवी सिटौलाले त्यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘रेशम चौधरीको विषयलाई अहिले सत्ता लेनदेनको विषय बनाइँदैछ । कदापी यस्तो कार्य नगरियोस् ।’

सांसद् सिटौलाको भनाई थियो– ‘रेशम चौधरीको विषयलाई उठाएर जसपा फुटाइने हो कि भन्ने आभाष हामीलाई भइरहेको छ । यस्तो दुष्कार्य कसैले पनि नगरोस् ।’

जनताको म्याण्डेड अनुसार एमाले र माओवादी मिल्नुपर्ने उहाँले सुझाव दिनुभयो । पाँच वर्ष सँगै बसेर सरकार चलाउने म्याण्डेड दिएको हो, पाँच वर्ष सँगै बस्नुस् ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !