२४ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बोका हैन दाईं गर्न गाेरु नै चाहिन्छ – महेश बस्नेत

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ११:५६


काठमाडौं । ‘बोकाको शैलीले दाई गरिँदैन, गोरुको शैलीले दाईं गर्न आउनुस्’ – बिहिबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद् महेश बस्नेतले भन्नुभयो ।

बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘संसदमा बहस गर्न आउनुस्’ भन्दै ललकार्नुभएको थियो । त्यसको जवाफ दिँदै बस्नेतले भन्नुभयो–‘बहसलाई अस्वस्थ ढंगले लैजानविगतमा असफल भएका नेताका चेलाहरुले भूमिका खेलिरहनु भएको छ ।प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने, बोकाको शैलीले दाईं गरिँदैन्, गोरुको शैलीले दाईं गर्न आउनुस् ।’

सरकारले भौतिक निर्माणमा गरेको प्रगतिले विपक्षीहरुको टाउको दुखेको भन्दै बस्नेतले भन्नुभयो– ‘रानीपोखरी बनेको कुराले किन टाउको दुख्दैछ ? धरहरा ठडिँदा किन टाउको दुख्दैछ ? देशभर सडक बनिरहँदा किन टाउको दुखिरहेको छ ? एक दिनमा ३९६ अस्पताल शिलान्यास हुँदा किन टाउको दुख्दैछ ?मेरो निर्वाचन क्षेत्रमा सरकारको विकास चाहिदैन भन्ने आँट गर्नुस् । हैन भने किन बिरोध ?’

बस्नेतले भन्नुभयो – ‘मेलम्चीको पानीले काठमाडौं उपत्यकामा खुसीको लहर ल्याउँदा पनि किन उपत्यकाका केही सांसदलाई ब्लडप्रेसर बढिरहेको छ ? प्रेसर नबढाउनुस् ।’

यति भनिसकेर महेशले भन्नुभयो– ‘हुनत गंगालाल अस्पताल सरकारले नजिकै बनाइदिएको छ । प्रेसर बढे पनि त्यसको उपचार गरौंला ।’

प्रधानमन्त्रीलाई च्यालेन्ज गर्ने हैसियतकांग्रेसका सांसद्सँग नभएको बताउँदै महेशले भन्नुभयो– ‘एमाले संसदको सबैभन्दा ठूलो दल हो, त्यही रुपमा व्यवहार गरिनुपर्छ । सदन चल्न नदिने कांग्रेस, सदनमा ताईं न तुईको बिरोध गरिहरने कांग्रेस, अनि प्रधानमन्त्री सदनमा आउनुभएन भनेर आलोचना गर्न मिल्छ ?’

०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको भन्दै उहाँलेप्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ नगर्न भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !