१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विवादास्पद झ्याउ तस्करी गर्न खोज्दा तीनजना पक्राउ

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०७:२३


रामेछाप । रामेछापमा प्रहरीले अवैध रुपमा संकलन गरिएको झ्याउबरामद गरेको छ । झ्याउ महंगो र मूल्यवान जडिबुटी हो । सरकारले झ्याउ निर्यातमा प्रतिवन्ध लगाएको छ ।

झ्याउ बोकेको ट्रक सहित तीनजनालाई प्रहरीले पक्रेको हो ।

प्रहरीले रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुका २४ वर्षीय दिलबहादुर तामाङ, सुनसरीको धरान नगरपालिका–१५ का ५३ वर्षीय कल्पना राई र सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–६ का ४५ वर्षीय आजाद अन्सारीलाई पक्रेको हो ।

गोकुलगंगा गाउँपालिका–३ भुजीडाँडाबाट अवैध रुपमा सुनसरीतर्फ लैजाँदै गरेको अवस्थामा बा ४ ख ९७९० नम्बरको ट्रकबाट झ्याउ बरामद गरिएको हो । चेकजाँच गर्नेक्रममा लिखु तामाकोशी गाउँपालिका खिम्तीबाट प्रहरीले पक्रेको हो ।

ट्रकमा २१ बोरा झ्याउ भेटिएको हो । सो झ्याउको तौल अहिलेसम्म गरिएको छैन ।

पक्राउ परेका मध्ये दिलबहादुर ट्रक चालक भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार ट्रक र पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको छ ।

सरकारले ०६७ सालबाट झ्याउ निकासी प्रतिवन्धित गरेको छ । उच्च पहाडी लेक तथा हिमाली क्षेत्रमा हुने झ्याउ परजिवी वनस्पति हो । यो बुट्यान तथा रुखमा लहरा लागेर हुर्कन्छ । झ्याउलाई बिना कारण प्रतिवन्धित सूचीमा राखिएको भन्दै जडिबुटी व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

झ्याउलाई संरक्षण गर्नुपर्ने वनस्पतिको सूचीमा अन्तराष्ट्रिय समुदायले राखेको छैन । तैपनि नेपालमा भने प्रतिवन्धित गरिएको छ ।

भारतमा झ्याउ मसलाका रुपमा प्रयोग गर्ने गरिएको छ । खासगरी मासु, विरयानी, कवाब आदिमा झ्याउको प्रयोग गरिन्छ । त्यसैगरी सौन्दर्यवर्दक सामग्रीमा पनि झ्याउको रसायन प्रयोग गरिन्छ ।

संसद्को वन तथा वातावरण हेर्ने समितिले झ्याउमा लगाइएको प्रतिवन्ध हटाउन सरकारलाई बारम्बार आग्रह गरेको थियो । तैपनि यो वनस्पति प्रतिवन्धकै सूचीमा छ ।

झ्याउ सम्बन्धमा माग र विवाद विभिन्न भए पनि राज्यको कानुनलाई छल्दै झ्याउको तस्करी गर्नेलाई कानुन अनुसार दण्डसजाय गर्नुपर्ने विचार रामेछापका बुद्धिजिवीहरुले राखेका छन् ।

-आईएनए न्युज एजेन्सी

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !