१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड–१९ को दोस्रो लहर जटिल, सरकारले ठोस निर्णय गर्दै

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०८:५६


काठमाडौं । कोभिड–१९ को नयाँ भेरिएन्ट आएको र महामारीको दोस्रो लहर चलेको अवस्थामा नेपाल सरकार गम्भीर हुन थालेको छ ।

कोभिडको दोस्रो लहरका कारण छिमेकी भारत अस्तव्यस्त बन्दै गइरहेको बेला नेपालमा पनि सर्तकता अपनाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै भेला हुन रोक लगाउन सिफारिस गरेको छ । मन्त्रालयले २५ जनाभन्दा बढीको भेलालाई रोक लगाउन सिफारिस गरेको हो ।

छिमेकी मुलुक भारतमा कोरोना दोस्रो लहर सुरु व्यापक भएकाल नेपालमा पनि जोखिम देखिएको छ । स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीमा सिफारिस पठाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले सिफारिसबारे निर्णय गर्न सक्ने छ ।कोरोनाको संकट कम भएसँगै सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस पनि खुलेका थिए ।

यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम नेपालमा बढेसङ्गै विद्यार्थीहरुमा  पनि कोरोना देखिएकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आउनुभएको थियो ।

जोखिम उच्च हुदैँ गएपछि भने स्वास्थ्य मन्त्रलायले विधालय वन्द गर्न आग्रह गरेको हो ।

चैत २५ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको विज्ञप्तीमा राती ९ बजे पछि सम्पूर्ण व्यवसाय बन्द गर्नुपर्ने, शैक्षिक क्षेत्रमा कडा सावधानी अपनाउनुपर्ने भीभाडमा उच्च सतर्कता अपनाउनुपर्ने जस्ता विषय उल्लेख थियो ।

त्यस्तै एटिजेन्ट परिक्षणको दायरा बढाउने, ठूला सहरमा पाँच सयजना र साना सहरमा सयजना भन्दा बढि संक्रमित भएमा सिमानामा कडाई गर्ने सरकारले भनेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !