९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, सपथग्रहण पनि आजै

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०९:००


काठमाडौं । संसद् सदस्यता गुमेका चारजना मन्त्रीको आज पुननियुक्ति हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चारै जनालाई आज पुननियुक्ति र सपथग्रहण गराइने भएको छ ।

उहाँहरुको सपथ ग्रहणको कार्यक्रम बेलुकी ५ बजे राष्ट्रपति निवास शितल निवासमा राखिएको थापाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ ।

माओवादीबाट एमाले प्रवेश गर्नुभएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुननियुक्ति गर्न लागिएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !