अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए
प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११:५९
फैजावाद । अफगानिस्तानमा थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।
सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको ज्यान गएकाे अधिकारीहरुले शुक्रबार जनाएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राती घटना भएको हो ।
‘हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,’ एक सुरक्षा अधिकारीले भने । लडकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ ।
देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
–रासस
0
Shares