चाँडै नयाँ सरकार बन्ने प्रचण्डको दावी
काठमाडौं । ‘चाँडै नयाँ सरकार बन्छ, त्यसपछि तपाईंहरुको माग पूरा हुन्छ’– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो ।
राजधानीमा राष्ट्रिय कर्मचारी संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले सरकार गठनबारे छलफल थालिएको र छिट्टै नयाँ सरकार गठन दावी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको दावी गर्दै कर्मचारीलाई आतंकमा बाँच्न सरकारले बाध्य पारेको बताउनुभयो ।
विधेयक बनाउँदा सरकारले कर्मचारीसँग त के आफ्नै सचिवालय, स्थायी समिति, केन्द्रीय समिति कतै पनि परामर्श नगरेको प्रचण्डको गुनासो छ ।
प्रचण्डले भन्नुभयो– ‘राज्यसत्ता कव्जा गर्ने डरलाग्दो स्थितिदेशमा छ, राज्यका सबै अंगमा कब्जा गर्ने रणनीति देखिएको छ ।’
प्रचण्डको अर्काे गुनासो थियो– ‘जनविरोधी र राष्ट्र विरोधी काम गरेको भनेरकेपी ओलीलाई हटाएर मलाई संसदीय दलको नेता बनाइएको थियो तर पार्टीबाट निष्कासित गरिएको व्यक्तिलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिइयो ।’
सरकारले कर्मचारी समायोजन लथालिंग ढंगले अघि बढाएको दावी गर्दै भन्नुभयो– ‘सरकारले यसरी नै संविधान कुल्चिएर जाने भयो भनेकेही समयपछि नै विद्रोह गर्नुपर्ने अवस्था आउन सक्छ ।’
उहाँले अब नयाँ गठबन्धनबाट बन्ने प्रधानमन्त्री को हुन्छ भन्ने भन्दा पनि बेमौसमी चुनावी बाजाको पक्षमा वकालत गर्ने खालको नहोस् भन्ने आफूहरुले चाहेको बताउनुभयो ।
-आइएनए न्युज एजेन्सी